काठमाडौं । रोल्पामा निर्माणाधीन चर्चको टहरामा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।
रोल्पा नगरपालिका-२ मूलपानीमा निर्माणाधीन बेथेल मण्डली चर्चको टहरोमा आज बिहान साढे चार बजेतिर पहिरो खस्दा रोल्पा नगरपालिका-१० घर भई सोही चर्चमा बस्दै आएकी धनजिता बुढामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी भरत लामाले जानकारी दिए ।
शनिबारको प्रार्थनाका लागि आएकाहरुमध्ये तीन जना सोही चर्चको टहरामा बास बसेका थिए । पहिरो खसेर दुई जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर भएकाले प्रादेशिक अस्पताल बुटवलमा रिफर गरिएको डिएसपी लामाले जानकारी दिए ।
अर्का एक घाइतेको भने जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ भदौ २०८१, १० : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरोले कालिगण्डकी करिडोर अवरुद्ध
पहिरोले नेपाल–चीन सीमाको ७१ नम्बर स्तम्भ पुरियो
पहिरोले एक घर पूर्णरूपमा क्षतिग्रस्त
आसाम बाढी पहिरोमा मृत्यु हुनेको संख्या १२ पुग्यो, १२ सय गाउँ डुबानामा
पहिरोले उदयपुरका ग्रामीण सडक अवरुद्ध
पहिरोले कालीगण्डकी कोरिडोर अवरुद्ध