काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचारको अनुसन्धानमा हदम्याद राख्न नहुने बताएका छन् । बिहीबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘भ्रष्टाचार निवारण ऎन २०५९ को संशोधन विधेयक’ माथिको छलफलमा भाग लिदै उनले यस्तो बताएका हुन् ।
‘हदम्यादबारे आवश्यक परे पछाडि छलफल गर्दै जाउँला । अहिले हदम्याद राखेर जान हुदैन’, महामन्त्री थापाले भने । सार्वजनिक सम्पत्ति हानी नोक्सानीमा हदम्याद नलाग्ने तर बिगो नरहेकोमा ५ बर्षभित्र अनुसन्धान सक्नुपर्ने भएर हदम्यादको प्रस्ताव आएको आफ्नो बुझाइ रहेको महामन्त्री थापाले बताए ।
तर कुनैमा हदम्याद हुने कुनैमा नहुने जस्तो व्यवस्था नमिल्दो समेत रहेको उनले बताए । जे जस्तो भए पनि तत्काल हदसम्म राख्न नसकिने महामन्त्री थापाले बताए ।काङ्ग्रेसकै सांसद हृदयराम थानीले प्रष्ट रुपमा भ्रष्टाचार गर्ने जहिलेसुकै कारबाहीमा पर्न सक्ने व्यवस्थाकै निरन्तरता हुनुपर्ने बताए ।
‘एकातिर २०४६ सालयताको भ्रष्टाचारको अनुसन्धान गर्नुपर्ने आवाज छ । अर्कोतिर ५ बर्षको हदम्याद आएको छ । आएको पास भए त २०७६ अगाडिका भ्रष्टाचारमा अनुसन्धान नहुन सक्छ’, उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३१ साउन २०८१, १४ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनबाट जुन पार्टीले फाइदा लिए पनि देशलाई जिताउने काम कांग्रेसको हो: गगन थापा
सभापतिको उम्मेदवार हुँ, छलफलपछि कार्यक्रम ल्याउँछु: गगन थापा
१६५ निर्वाचन क्षेत्रमा दुई दिनभित्र नयाँ सदस्यता फाराम पठाउन गगन थापाको निर्देशन
सभापति पदको उम्मेदवार हुने गगन थापाको घोषणा
विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ : गगन थापा
‘हामी न झुक्छौँ, न झुकिन्छौँ’: गगन थापा