काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचारको अनुसन्धानमा हदम्याद राख्न नहुने बताएका छन् । बिहीबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘भ्रष्टाचार निवारण ऎन २०५९ को संशोधन विधेयक’ माथिको छलफलमा भाग लिदै उनले यस्तो बताएका हुन् ।
‘हदम्यादबारे आवश्यक परे पछाडि छलफल गर्दै जाउँला । अहिले हदम्याद राखेर जान हुदैन’, महामन्त्री थापाले भने । सार्वजनिक सम्पत्ति हानी नोक्सानीमा हदम्याद नलाग्ने तर बिगो नरहेकोमा ५ बर्षभित्र अनुसन्धान सक्नुपर्ने भएर हदम्यादको प्रस्ताव आएको आफ्नो बुझाइ रहेको महामन्त्री थापाले बताए ।
तर कुनैमा हदम्याद हुने कुनैमा नहुने जस्तो व्यवस्था नमिल्दो समेत रहेको उनले बताए । जे जस्तो भए पनि तत्काल हदसम्म राख्न नसकिने महामन्त्री थापाले बताए ।काङ्ग्रेसकै सांसद हृदयराम थानीले प्रष्ट रुपमा भ्रष्टाचार गर्ने जहिलेसुकै कारबाहीमा पर्न सक्ने व्यवस्थाकै निरन्तरता हुनुपर्ने बताए ।
‘एकातिर २०४६ सालयताको भ्रष्टाचारको अनुसन्धान गर्नुपर्ने आवाज छ । अर्कोतिर ५ बर्षको हदम्याद आएको छ । आएको पास भए त २०७६ अगाडिका भ्रष्टाचारमा अनुसन्धान नहुन सक्छ’, उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३१ साउन २०८१, १४ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्ने गगन थापाको प्रतिबद्धता
गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव काँग्रेस केन्द्रीय कार्यसमितिमा पेस
‘बदलिएको कांग्रेस’को सन्देश प्रभावकारी रूपमा पुर्याउन पर्याप्त समय भएन : गगन थापा
सभापति पदबाट राजीनामा दिने मुडमा गगन थापा
अमरेशलाई बधाई दिँदै गगन थापाले भने –’चुनौतीहरूको समाधान गर्न पहल गर्नेछु’
सर्लाही-४ : कांग्रेस सभापति गगन थापालाई हराउँदै रास्वपाका सिंह विजयी