काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शान्ति प्रक्रिया दुनियाँका लागि नमुना भएको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको शान्ति प्रक्रिया मौलिक तरिकाले अघि बढेको बताएका हुन् ।
‘खुसी हाम्रो देशमा द्वन्द्व थियो, शान्ति प्रक्रियामा अघि बढ्यो । आफैँले आफ्नो हिसाबले अघि बढाएका हौँ । मौलिक छ र आफ्नै प्रयासबाट अघि बढेको छ,’ उनले भने, ‘सकरात्मक ढंगले समाधान हुँदै आएको छ । दुनियाँका लागि नमुना हुने गरी शान्ति प्रक्रियालाई अघि बढाएका छौँ ।’
सत्य निरुपण तथा मेलमिलाप र मेलमिलापको कुरा बाँकी रहेको र अहिले टीआरसीभित्र दुवै विषय समेटिएको उनले बताए । २०६२ सालबाटै शान्ति प्रक्रिया सुरु गरेको उनले बताए । द्वन्द्व व्यवस्थापनका सन्दर्भमा १८ वर्षमा थुप्रै उपलब्धि हासिल गरेको प्रधानमन्त्री ओलीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० साउन २०८१, १३ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार जनताको साथमा छ: प्रधानमन्त्री ओली
मधेश प्रदेशमा तत्काल पाँच सय डीप बोरिङ जडान गर्ने प्रधानमन्त्री ओलीको घोषणा
संसदीय समितिको बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित
प्रधानमन्त्री ओली भदौ ३१ मा दिल्ली भ्रमणमा जाने
अत्यावश्यक बाहेक यात्रा नगर्नुहोस्, सुरक्षित स्थानमा रहनुहोस्: प्रधानमन्त्री ओली
चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री ओली