ललितपुर । ललितपुरमा खोलाले बगाएर बेपत्ता भएकी एक बालिकाको शव फेला परेको छ । आइतबारदेखि हराइरहेकी साढे २ वर्षीय प्रिन्सिका भण्डारीको शव सोमबार फेला परेको हो ।
काभ्रे पनौती घर भएकी प्रमीला भण्डारीकी छोरी प्रन्सिकालाई कोन्जोसोम गाउँपालिका-३ सिलिङगेबेसीको ठोस्ने खोलाले बगाएको थियो । उनीहरू सोही गाउँपालिकाको दलचोकीमा बस्थे । उनको खोजी गर्ने क्रममा खोलाले बगाएर ल्याई रूखको हाँगामा अड्किएको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।
उता सिन्धुलीको दुधौली नगरपालिका-९ जितपुर बस्ने ५१ वर्षीय सुरेश मलिकको सोही ठाउँस्थित लखीमा खोलाले बगाएर सोमबार बिहान मृत्यु भएको छ । मलामी गएको अवस्थामा अचानक खोलाले बगाई बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ साउन २०८१, १० : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव भेटियो
गृहमन्त्रीले बोके इन्स्पेक्टर लामाको शव
इरानको आक्रमणमा परी ज्यान गुमाएका श्रेष्ठको शव परिवारलाई हस्तान्तरण
खोलामा शव फेला, दुई जना पक्राउ
काठमाडौँ र ललितपुरमा २ जनाको शव फेला
इजरायललाई थप दुई बन्धकको शव हस्तान्तरण