काठमाडौँ । नेकपा माओवादी केन्द्रले कार्यकारी राष्ट्रपतिको एजेन्डालाई अघि सार्ने भएको छ ।
जारी स्थायी कमिटीको बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले राजनीतिक स्थायित्वका लागि कार्यकारी राष्ट्रपतिको विकल्प नभएको संस्थागत धारणा भएको बताए ।
उनले भने, ‘कार्यकारी राष्ट्रपतिमा जानुपर्छ भन्नेमा अडिग छौँ । हामीले हिजो नोट अफ डिसेन्ट पनि लेखेका थियौँ । अहिले हामीले संस्थागत रूपमा पनि उठाएका छौँ । यहाँ अस्थिरताको कुरा गरिँदै छ । काँग्रेस र एमालेले स्थायित्व नै चाहेको हो भने पाँच वर्षसम्म महाअभियोगको कुरा त हुन्छ, तर राष्ट्रपति फेरिँदैन । त्यसले मात्रै स्थायित्व दिनसक्छ ।’
प्रवक्ता सापकोटाले अध्यक्ष प्रचण्डले पनि यही कुरा राखेको भन्दै यही आधिकारिक र पार्टीको संस्थागत निर्णय भएको बताए ।
उनले प्रदेशमा मुख्यमन्त्री पनि प्रत्यक्ष कार्यकारी हुने विषयमा भने पार्टीमा छलफल नभएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ साउन २०८१, १९ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था
माओवादीको महाधिवेशन आयोजक समिति बैठक बस्दै, एकताको सहमति अनुमोदन गर्ने
माओवादी मधेश प्रदेश संसदीय दलको नेतामा पुनः भरत साह नियुक्त
खाेटाङका माओवादी सांसद पासाङको आरोप– “सुदन किराँती भ्रष्ट छन्”