काठमाडौं। संयुक्त राष्ट्रका मानवतावादी संस्थाले शुक्रवारको इजरायली ‘निकासी आदेश’पछि कम्तीमा ६० हजार गाजाबासी विस्थापित भई पश्चिमी खान युनुसतर्फ सरेको अनुमान गरेको छ ।
मानवीय मामिला समन्वयका लागि राष्ट्रसङ्घीय कार्यालय (ओसीएचए)ले उत्तरी र दक्षिणी गाजाको लगभग ४३ वर्ग किलोमिटर क्षेत्रमा यस हप्ता इजरायलले निकासी आदेश जारी गरेको जानकारी दिएको छ ।
ओसीएचएले गाजामा आफ्ना साझेदारद्वारा करिब २३० विस्थापनस्थल, तीन दर्जन भन्दा बढी पानी, सरसफाइ, अस्पतालसहित स्वास्थ्य सुविधाको व्यवस्था गरेको जनाएको छ ।गाजापट्टीको ८० प्रतिशतभन्दा बढी भूभागमा गत अक्टोबरदेखि निकासी आदेश जारी गरिएको अनुमान ओसीएचएले गरेको छ ।
विपक्षीहरूबीच बढ्दो शत्रुता, सहायता अवरोध, असुरक्षालगायतका कारण गाजामा सहायता आपूर्ति चुनौतीपूर्ण बनेको कार्यालयले जनाएको छ ।
मे महिनाको शुरूदेखि रफाह क्रसिङ्ग बन्द भएपछि गाजामा सहायताको मात्रा आधाभन्दा बढी घटेको ओसीएचएले जानकारी दिएको छ । यसैगरी विगत तीन महिनामा केरेम शालोम क्रसिङबाट भित्रिने सहायतामा ८० प्रतिशत भन्दा बढीको गिरावट देखिएको छ ।
पछिल्लो समयमा मानवीय सहायताका लागि आवश्यक समन्वयको अनुरोधलाई इजरायली अधिकारीहरूले बारम्बार अस्वीकार र अवरोध गरेको ओसीएचएले जनाएको छ ।कार्यालयका अनुसार चालु महिनामा उत्तरी गाजामा जारी ६७ सहायता मिसनमध्ये २४ वटालाई मात्र इजरायली अधिकारीहरूले सहयोग गरेका थिए ।
बाँकीलाई सुरक्षा परिचालनलगायतका कारण देखाई रद्द गरेको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ साउन २०८१, १५ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुई क्विन्टलभन्दा बढी गाँजासहित युवक पक्राउ
मोरङबाट ८०२ किलो गाँजा बरामद
गाजाले युद्धविराम प्रस्ताव नमाने गम्भीर परिणाम भोग्न इजरायली चेतावनी
१०७४ किलो गाँजासहित चार जना पक्राउ
करिब १ सय २० किलो गाँजासहित दुई जना पक्राउ
गाजामा इजरायली आक्रमण : कम्तीमा ८१ जनाको मृत्यु, ४०० घाइते