काठमाडौं। हमासको सिभिल डिफेन्स एजेन्सीले आश्रयस्थल बनाएको गाजाको एउटा विद्यालयमा इजरायलले आक्रमण गरेको छ । इजरायली सेनाले विद्यालयमा सञ्चालित हमासको कमाण्ड एण्ड कन्ट्रोल सेन्टरलाई निशाना बनाएको हो ।
इजरायली सेनाले अल-ताबाइन स्कूलमा रहेको हमास कमाण्ड एण्ड कन्ट्रोल सेन्टरभित्र सञ्चालित हमास आतंककारीहरूलाई आक्रमण गरेको बताएको छ ।आक्रमणकमा ९० जनाभन्दा बढीको ज्यान गएको छ । गाजाको सिभिल डिफेन्स एजेन्सीले दराज जिल्लामा भएको आक्रमणमा कम्तीमा ९० जनाको मृत्यु भएको र धेरै घाइते भएको जनाएको छ ।
सिभिल डिफेन्स एजेन्सीका प्रवक्ता महमूद बस्सलले एएफपी समाचार एजेन्सीलाई भने अनुसार मृत्यु हुनेको संख्या ९०-१०० को बीचमा हुन सक्छ । धेरै व्यक्ति घाइते भएका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ साउन २०८१, १२ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘पिकअप भ्यान’ सहित १७६ किलो गाँजा बरामद
ठोरीबाट ९१ केजी गाँजा बरामद
एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद
दुई सय १३ किलोग्राम गाँजा बरामद
लालबन्दीबाट ३८ केजी गाँजासहित एक जना पक्राउ
२ सय ६८ किलो गाँजा बरामद