काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट ३ किलो २५० ग्राम लागूऔषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका-८ बस्ने ४५ वर्षीय गीता प्रसाद ढुंगाना रहेका छन्।
प्रहरी प्रभाग नागढुंगा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुंगाबाट खटिएको प्रहरीले मकवानपुर हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख १६१९ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ साउन २०८१, १२ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायली आक्रमणमा गाजामा २० जनाको मृत्यु
सात किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ
गाजाको राफा नाका आजदेखि खोलिने, छ सय सहायता सवारी प्रवेश गर्ने तयारी
विमानस्थलबाट गाँजासहित तीन भारतीय पक्राउ
गाजा इजरायल शान्ति योजना अनुमोदन, ७२ घण्टापछि २० बन्धक रिहा हुने
इजरायलले गाजामा गरेको आक्रमणमा ८० भन्दा बढी प्यालेस्टिनी मारिए