एजेन्सी । बंगलादेशमा तत्कालीन प्रधानमन्त्री शेख हसिनाको राजीनामापछि भएका हिंसात्मक घटनामा २३२ जनाको मृत्यु भएको छ ।
बिहीबार प्रकाशित 'दैनिक प्रथम आलो'को प्रतिवेदनअनुसार अधिकांशको मृत्यु मंगलवार भएको हो । जसमा केही व्यक्तिको उपचारका क्रममा मृत्यु भएको ढाका ट्रिब्युनले जनाएको छ ।
सोमबार शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छाडेकी थिइन् । त्यसपछि पनि हिंसाका घटना नरोकिएको समाचारमा उल्लेख छ ।
आरक्षणका विषयमा भएको आन्दोलनका क्रममा त्यसअघि नै ३२८ जनाको मृत्यु भएको थियो । पछिल्लो २३ दिनमा बंगलादेशमा भएको हिंसा र आन्दोलनमा मृत्यु हुनेहरूको कुल संख्या ५६० पुगेको समाचारमा उल्लेख छ ।
अहिले भने बंगलादेशमा अन्तरिम सरकार बनिसकेको छ ।


प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २६ साउन २०८१, ०९ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु