काठमाडौं । दरबारमार्गमा रहेको महेन्द्र शालिक–काठमाडौं प्लाजा जोड्ने सडक भासिएको छ । टुकुचा खोलामाथिको एकतर्फी सडकमा ठूलो भ्वाङ परेपछि सवारीसाधन आवतजावतमा रोक लगाइएको छ। काठमाडौं महानगरपालिकाको कार्यालय नजिक भ्वाङ परेको सडक टाल्न सडक विभागको टोली त्यसतर्फ जान लागेको बताइएको छ ।
महानगरको कार्यालय नजिकै सडक भासिएपछि मेयर बालेन्द्र शाहले समाजिक सञ्जालमा सडकमा भ्वाङ परेको भिडियो सार्वजनिक गर्दै अझै केही घरहरु टुकुचाको चपेटामा पर्दै जाने उल्लेख गरेका उनले महानगरले जोखिम देखेर नै केही समय पहिला खोला खोल्ने काम सुरु गरेको उल्लेख गरेका छन् । अदालती कारणले उक्त कार्य केही रोकिएको र टुकुचा खोलाको क्षेत्राधिकारभित्रका व्यक्ति विशेषका नाममा त्रुटिवश हुन गएको जग्गा कानूनबमोजिम लगत कट्टा गर्नको लागि सम्बन्धित मन्त्रालयमा पत्र पठाइसकेका उनले उल्लेख गरेका छन् ।
सरकारले चाँडोभन्दा चाँडो लगतकट्टा गरेर उचित क्षतिपूर्ति वा मुअब्जा दिएर खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनुपर्ने उनको भनाइ छ । उनले यस पश्चात खोला खोल्ने काम महानगरले तुरून्त अगाडि बढाउने जानकारी गराएका छन् । ‘सबैलाई थाहा हुनैपर्छ कि, मान्छेले आवश्यकता अनुसार खोलामाथि कतै कतै पुल बनाउन पर्छ, खोलामाथि घर र बाटो होइन,’– उनले भनेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ साउन २०८१, १२ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेनको सचिवालयका तीनै सहयोगी रास्वपा केन्द्रीय समितिमा निर्वाचित
रास्वपा सभापतिमा रवि निर्विरोध चुनिएपछि मध्यराति बालेनले लेखे: ‘शुभकामना हाम्रो पार्टीलाई’
'देश बनाउने टोली' भन्दै बालेनले गरे गृहमन्त्री र पूर्वाधारमन्त्रीसँगको तस्वीर सार्वजनिक
फेसबुकमा सचिवमाथि मजाक गर्दै प्रधानमन्त्रीले भने, ‘मलाई पनि एम्बासडर बन्न मन छ’
बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने
बालेन शाहविरुद्ध १२ वर्ष पुरानो ‘र्याप ब्याटल’लाई लिएर उजुरी