सुर्खेत । कर्णाली प्रदेश योजना आयोगले चार महिनापछि पदाधिकारी पाएको छ । तत्कालीन मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएपछि आयोग रिक्त रहेको थियो ।मुख्यमन्त्री यामलाल कँडेलले रिक्त रहेको आयोगलाई पूर्णता दिएका हुन् । कँडेलले आयोगको उपाध्यक्षमा आफ्नै वडा निवासी सूर्यनाथ योगीलाई नियुक्त गरेका छन् ।
यस्तै सदस्यमा मुगुको छायाँनाथ रारा नगरपालिका–५, का डम्बर रावल र कालिकोटको रास्कोट नगरपालिका–३ का अशोकनाथ योगी नियुक्त भएका छन् । उपाध्यक्ष नियुक्त भएका योगी र रावल एमालेको कोटाबाट नियुक्त भएका हुन् भने सदस्य योगी नेपाली कांग्रेसको कोटाबाट नियुक्त भएका हुन् ।
उनीहरुले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री यामलाल कँडेलले उनीहरूलाई शपथ खुवाएका हुन् । उपाध्यक्षमा नियुक्त भएका योगी दैलेखको गमौडीमा जन्मिएका हुन् । हाल वीरेन्द्रनगर नगरपालिका–४, निवासी योगी कृषि विज्ञ हुन् ।
उनी योगी नरहरिनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका क्याम्पस प्रमुख समेत हुन् । उनी भारत, थाइल्यान्ड लगायतका विभिन्न देशहरूमा गएर त्यहाँको विकासबारे अध्ययन अनुसन्धान समेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ साउन २०८१, १३ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णालीको अदुवा–बेसार विदेशी बजारमा रोजाइ
कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशन अन्त्य
कर्णालीका हिमालमा लेक लागेर ज्यान गुमाउनेको संख्या बढ्दै
कर्णालीका कृषिमन्त्रीले गरे कार्यसम्पादन सम्झौता
कर्णाली प्रदेश सभा बैठक बस्दै, कस्तो छ दलहरूको तयारी ?
प्रधानमन्त्रीद्वारा कर्णालीका नेतासँग आगामी बजेटबारे छलफल