लमजुङ । पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । अविरल वर्षाले गए राति यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा र मर्स्याङ्दी गाउँपालिका–३ खुदीनजिक पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उक्त कार्यालयका सूचना अधिकारी थानेश्वर चपाईँले खरखरे भिरको पहिरो यतिबेला हटाउन सफल भए पनि खुदी नजिक खसेको पहिरो हटाउन बाँकी रहेको उनले बताए । पैसठ्ठी किलोमिटर लामो यो सडक अवरुद्ध हुँदा मनाङ र लमजुङका सर्वसाधारण प्रभावित भएका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २३ साउन २०८१, ०९ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वर्षाले नौ राजमार्ग अवरुद्ध
बाढी र पहिरोका कारण देशभरका विभिन्न स्थानमा राजमार्गहरू अवरुद्ध
वर्षाका कारण देशभरका आठ राजमार्ग पूर्ण रूपमा अवरुद्ध
रसुवामा पासाङल्हामु सडक अवरुद्ध
गुल्मीको कालीगण्डकी करिडोर अवरुद्ध
देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित)