काठमाडौं। गुल्मीको मुसिकोट नगरपालिका– १ बिसौनामा पहिरोले घर बगाउँदा चार जनाको मृत्यु भएको छ ।मंगलबार बिहान करिब नौ बजे २५ मिटरमाथिबाट आएको लेदो पहिरोले घर बगाउँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी राजन भुजेलले जानकारी दिए ।
उनका अनुसार लेदोले पुरिएर स्थानीय गोरे विक, हुकुम विक, मुसुरी विक र साढे दुई वर्षकी रिएन्सी विकको मृत्यु भएको हो ।त्यस्तै दुई जना घाइते भएका छन् ।घाइते हुकुम विक र नुना विकको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको एसपी भुजेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ साउन २०८१, १३ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हिमाचल प्रदेशमा पहिरो जाँदा १५ जनाको मृत्यु
पहिरोमा परी इलाममा एकै परिवारका ६ जनाको मृत्यु, चार घाइते
धादिङमा पृथ्वीराजमार्गका चार ठाउँमा पहिरो, सडक एकतर्फी
पहिरोका कारण देशका पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध (सूचीसहित)
'तुइनखोलाको पहिरो हटाउन समय लाग्ने भयो'
पर्वतमा पहिरोले ६ घर भत्किए, १० घर उच्च जोखिममा