लन्डन । अति दक्षिणपन्थी आप्रवासी विरोध प्रदर्शनले हिंसात्मक रूप लिएपछि बेलायतमा शनिबार ९० जनाभन्दा बढी पक्राउ परेका छन् । हल, लिभरपुल, ब्रिस्टल, म्यानचेस्टर, ब्ल्याकपूल र बेलफास्टमा पसलहरू लुटिएका छन् भने प्रहरी अधिकारीहरूमाथि आक्रमण भएका छन् । तर सबै प्रदर्शन हिंसात्मक नभएको बताइएको छ ।
प्रधानमन्त्री कीर स्टार्मरले घृणा फैलाउन खोज्ने चरमपन्थीहरूविरुद्ध कारबाही गर्न प्रहरीलाई सरकारलाई पूर्ण सहयोग गर्ने वाचा गरेको छ । सोमबार साउथपोर्टको मर्सीसाइडमा टेलर स्विफ्ट थिमको डान्स क्लासमा तीन बालिकाको हत्या भएपछि तनाव निकै बढेको छ । लिभरपुलमा प्रहरीमाथि इँटा, बोतल र फ्लेयर प्रहार गरिएको थियो।
कुर्सी प्रहार गर्दा एक प्रहरीको टाउकोमा चोट लागेको थियो भने अर्कोलाई लाती हानेर बाइकबाट खसालिएको थियो । केही प्रहरी घाइते भएको पुष्टि मर्सीसाइड प्रहरीले गरेको छ । दुई जना कामदारलाई अस्पताल लगिएको बताइएको छ । एक कामदारको नाक भाँचिएको र अर्को कामदारको बङ्गारा भाँचिएको आशङ्का गरिएको छ ।
यस घटनामा मर्सीसाइड प्रहरीले २३ जनालाई पक्राउ गरेको छ । अभिव्यक्ति स्वतन्त्रताको अधिकार र आफूहरूले देखिरहेको हिंसा दुई फरक कुरा भएको शनिबार बसेको मन्त्रिपरिषद्को बैठकमा बेलायती प्रधानमन्त्री कीर स्टार्मरका प्रवक्ताले भनेका थिए । आवश्यक कारबाहीका लागि प्रहरीलाई सरकारले सहयोग गर्ने प्रधानमन्त्रीले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० साउन २०८१, १० : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
मानव बेचबिखनमा संलग्न रहेको आरोपमा एकजना पक्राउ
भारु १५ लाखसहित एक जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ
रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
४० लाखसहित हुण्डी कारोबारको आरोपमा दुई जना पक्राउ