दाङ । दाङमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध गरेका छन्।
शनिबार राति ८ बजे घोराही –तुलसीपुर सडक खण्ड अन्तर्गत सौरी कुलामा घोराहीबाट तुलसीपुर जाँदै गरेको लु २ ख ५०८५ नम्बरको टिपरले विपरीत दिशातर्फ आइरहेको बा ८५ प ५६०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घोराही १५ का ३९ वर्षीय कुलबहादुर बस्नेतको मृत्यु भएको थियो।
टिपरको ठक्करबाट गम्भीर घाइते भएका बस्नेतको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
टिपर चालक नवलपरासी सुनबल १० का शिवबहादुर क्षेत्री पक्राउ परेका छन् ।
यता, दोषीमाथि कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गर्दै पीडितका आफन्त र स्थानीयले सडक अवरुद्ध पारेकाले घोराही–तुलसीपुर सडक खण्डमा अहिले गाडी चल्न सकेका छैनन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० साउन २०८१, ०८ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खाडलको पानीमा पौडी खेल्दा दुई बालबालिकाको मृत्यु
जेन जेड प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुग्यो
जेन जेडको प्रदर्शनमा घाइते भएका थप २ जनाको मृत्यु
हेटौँडामा चट्याङ लागेर एक जनाको मृत्यु
सिन्धुलीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखरीमा डुबेर पाँच वर्षीया बालिकाको मृत्यु