दाङ । दाङमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध गरेका छन्।
शनिबार राति ८ बजे घोराही –तुलसीपुर सडक खण्ड अन्तर्गत सौरी कुलामा घोराहीबाट तुलसीपुर जाँदै गरेको लु २ ख ५०८५ नम्बरको टिपरले विपरीत दिशातर्फ आइरहेको बा ८५ प ५६०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घोराही १५ का ३९ वर्षीय कुलबहादुर बस्नेतको मृत्यु भएको थियो।
टिपरको ठक्करबाट गम्भीर घाइते भएका बस्नेतको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
टिपर चालक नवलपरासी सुनबल १० का शिवबहादुर क्षेत्री पक्राउ परेका छन् ।
यता, दोषीमाथि कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गर्दै पीडितका आफन्त र स्थानीयले सडक अवरुद्ध पारेकाले घोराही–तुलसीपुर सडक खण्डमा अहिले गाडी चल्न सकेका छैनन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० साउन २०८१, ०८ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाख्रा चराउन गएका व्यक्तिको ढुङ्गाले लागेर मृत्यु
कार फेवातालमा खस्दा एक युवकको मृत्यु
ट्याक्टरको पछाडि मोटरसाइकल ठोकिँदा युवकको मृत्यु
नवलपरासीमा तीन मोटरसाइकल ठोक्किए, एकजनाको मृत्यु, दुई घाइते
झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु
ट्याक्टरबाट खसेर एक युवकको मृत्यु