काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा अहिले कायम बेथिति, बिकृतीको अन्त्यको निमित्त देशले बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति खोजिरहेको बताएका छन् ।
'भ्रष्टाचार,बेरोजगारी,धर्मपरिबर्तन,आर्थिक मन्दी लगायतका समस्या समाधान गर्न अहिलेको राज्य प्रणालीले सक्दैन' थापाले भने । अहिलेको ब्यबस्था असफल साबित भैसकेको अब बिकल्प खोज्नुपर्नेमा उनको जोड थियो ।
मुलुकलाई सहि दिशा दिनको लागि आन्दोलनको बिकल्प नभएको भन्दै थापाले बलियो संगठन निर्माण गरेर आन्दोलनको तयारीमा जुट्न कार्यकर्ताहरुलाई आग्रह गरे ।
देशब्यापी संगठन सुदृढीकरण अभियान संचालन आजको प्रमुख आबश्यकत भएको चर्चा गर्दै थापाले महाधिवेशनको मितिलाई मध्यनजर गरेर इकाई अधिबेशनको काम सम्पन्न गर्नुपर्ने समेत बताए । कार्यक्रममा डा. बिष्णु भण्डारी, राजाराम बर्तौला "चुनेली" श्याम घिमिरे, देबेन्द्र श्रेष्ठ लगायतले बोलेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ साउन २०८१, २० : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपा नेपालले बोलायो केन्द्रीय समितिको अन्तिम बैठक
राप्रपा र राप्रपा नेपालबीच सहमति
राप्रपा नेपालले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
राप्रपा नेपालको कार्य सम्पादन समिति बैठक बस्दै