काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रथम विदेश भ्रमण थाइल्याण्ड हुने देखिएको छ । आगामी भदौ तेस्रो सातामा थाइल्याण्डमा बिम्सटेक राष्ट्रहरूको शिखर सम्मेलनमा सदस्य राष्ट्रको कार्यकारी प्रमुखको रूपमा प्रधानमन्त्री ओली थाइल्याण्ड जाने भएका छन् ।
प्रधानमन्त्री भ्रमण तयारी परराष्ट्र मन्त्रालयले थालिसकेको बताइएको छ । थाइल्याण्डको अंग्रेजी अखबार बैंङकक पोस्टका अनुसार यही सेप्टेम्बर ४ र ५ मा बिम्सटेक शिखर सम्मेलन हुनेछ । उक्त सम्मेलन छैटौँ शिखर सम्मेलन हुनेछ ।
बिम्सटेकको स्थापना घोषणा भएको देश थाइल्याण्डमा हुने उक्त सम्मेलनमा नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका, थाइल्याण्ड सदस्य राष्ट्र छन् । सन् १९९७ जुन ६ मा बैंकक घोषणापत्र जारी गरेर स्थापना भएको २७ वर्ष पुरानो बिम्सटेकमा नेपाल संस्थापक देश भने होइन । नेपाल सन् २००४ मा मात्रै बिम्सटेकमा प्रवेश भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ साउन २०८१, १८ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली असोज ५ मा अमेरिका जाने
‘लिपुलेक हाम्रो हो भन्ने चीनलाई स्पष्ट भनेका छौँ, ‘जिएसाइ’मा समर्थन गरेका छैनौँ’ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली भ्रमण सम्पन्न गरी स्वदेश प्रस्थान
प्रधानमन्त्री ओली विशेष सैनिक ‘परेड’मा सहभागी
प्रधानमन्त्री ओली र उपराष्ट्रपति हानबीच भेटवार्ता
बेइजिङ पुगे प्रधानमन्त्री ओली