काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारमा जाने/नजाने भन्ने विषय परिस्थितिले निर्माण गर्ने विषय भएको बताएका छन् । पार्टीका ७७ वटै जिल्ला अध्यक्ष भेलालाई सम्बोधन गर्दै अहिले पार्टी बलियो प्रतिपक्ष भएर बस्ने बताए ।
उनले भने, ‘हामी अहिले बलियो प्रतिपक्ष भएर बस्छौँ, सरकारमा जाने भन्ने कुरा परिस्थितिले निर्माण गर्ने हो । हाम्रो चाहनाले पनि बन्दैन । हाम्रो गणित र राष्ट्रिय राजनीतिमा सरकारमा रहँदा के महत्त्व हुन्छ नहुँदा के हुन्छ भन्ने पार्टीले विश्लेषण गरेर गर्छ, व्यक्तिगत चाहनाले होइन। सरकारमा पनि आवश्यकता अनुसार सहभागी हुन्छौ ठिक लागेन भने बाहिरिन्छौँ ।’
उनले कोशी प्रदेशमा सभामुख लिने आफ्ना चाहना नहुँदा नहुँदै पनि लिइएको बताए । उनले भने, ‘प्रदेश सरकारमा सहभागी भएको विषयलाई पनि विभिन्न जोडेर टीकाटिप्पणी भयो, हामीले सभामुख लिएपछि, कोशी प्रदेशमा म पनि लिनुहुन्न भन्ने पक्षमै थिएँ, हामीले प्रदेश र स्थानीय तहको निर्वाचनमा पनि रणनीतिक रूपमा भाग लिएका हौँ ।’
उनले यो संविधानलाई पूर्ण रूपमा नमानेकाले संशोधनको पक्षमा रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ साउन २०८१, १३ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछाने र राजेन्द्र लिङ्देनबिच भेटवार्ता
‘कमल दाइ नहुँदा अपूर्ण जस्तो लाग्थ्यो, रुँदै हिँड्न पनि मिलेको थिएन’: राजेन्द्र लिङ्देन
राजनीतिलाई पैसा कमाउने माध्यम नबनाऔँ : राजेन्द्र लिङ्देन
राजेन्द्र लिङ्देनको दाबी-‘काँग्रेस-एमालेले देश लुट्नलाई टेन्डर पारेजस्तो गर्दैछन्, मन्त्रीहरूको कमाउन प्रतिस्पर्धा छ’
राजेन्द्र लिङ्देनको प्रश्न : कहाँ छ प्रधानमन्त्रीको सुशासन आयोग ?
राजेन्द्र लिङ्देनद्वारा पार्टीका विभाग प्रमुखहरूसँग छलफल