काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पर्यावरण, युद्ध र प्राकृतिक सङ्कट आदिको सामना गर्न साझा नीति, कार्यक्रम र प्रतिबद्धता चाहिने बताएका छन् । फिलिपिन्सको मनिलामा प्रोग्रेसिभ एलाइन्स, अक्बायन सिटिजन्स एक्सन पार्टी र सोकडेम एसियाद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रमलाई बुधवार सम्बोधन गर्दै अध्यक्ष यादवले सो कुरा बताएका हुन् ।
समाजवादी, लोकतन्त्रवादी र प्रगतिशीलहरूले सहयोग, भातृत्वको अभिवृद्धि गर्दै विविध खाले सङ्कट र विद्यमान असमानताको हल गर्न तत्काल कदम चाल्नुपर्नेमा अध्यक्ष यादवले जोड दिए । अध्यक्ष यादवले सामाजिक न्याय, मानव अधिकारको संरक्षणको हकमा विभेदमा पारिएका जनता नै सङ्कटको भुमरीमा पर्ने बताए ।
कार्यक्रममा विभिन्न २१ मुलुकका समाजवादी लोकतन्त्रवादी राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधि, सिनेटर, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख लगायतको सहभागिता रहेको छ । अध्यक्ष यादव बिहीबार स्वदेश फर्किने कार्यक्रम रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ साउन २०८१, १५ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालको सङ्घीयताले यहाँको विविधतालाई सम्बोधन गर्न सकेन : उपेन्द्र यादव
उपेन्द्र यादवको प्रश्नः दरबार हत्या काण्ड कसले गरायो ?
गौर नरसंहारबारे सर्वोच्चको फैसलामा उपेन्द्रको टिप्पणी: ‘यो राजनीतिक मामिला हो, अनुसन्धान गरे सहयोग गर्छु’
नारायणकाजी श्रेष्ठ र उपेन्द्र यादवबीच भेटवार्ता
भूमि विधेयक ल्याएर सरकारले सङ्घीयतामाथि प्रहार गर्यो : अध्यक्ष यादव
तराईलाई मरुभूमि बनाएर भूमिफियालाई जग्गा बाँड्ने गरी सरकारले भूमि विधेयक ल्याएको छ: उपेन्द्र यादव