काठमाडौं। साङ्घाई– मध्य चीनको हुनान प्रान्तमा आएको आकस्मिक बाढीले निम्त्याएको पहिरोबाट स्थानीय अतिथिगृह ध्वस्त भएर ११ जनाको मृत्यु भएको छ । साथै कम्तीमा एकजना अझै बेपत्ता रहेको चिनियाँ राष्ट्रिय सञ्चारमाध्यम (सीसीटीभी)ले आइतवार जनाएको छ ।
आधिकारिक प्रसारणकर्ता सीसीटीभीले पहिरोमा १८ जना पुरिएको प्रारम्भिक जानकारी उपलब्ध गराएको थियो । आइतवार दिउँसोसम्म ११ जनाको शव निकालिएको र ६ जना घाइतेको उद्धार गरिएको बताइएको छ ।
घटनास्थलमा २४० भन्दा बढी आपतकालीन कर्मचारी परिचालन गरिएको र उद्धार कार्य जारी रहेको सीसीटीभीले समाचारमा उल्लेख गरेको छ । यस महिनाको शुरूमा उत्तर र दक्षिणपश्चिममा आएको आकस्मिक बाढीले कम्तीमा २० जनाको ज्यान लिएको थियो ।
गत मेमा दक्षिणी चीनमा केही दिनको लगातार वर्षाका कारण राजमार्गको पुल खस्दा ४८ जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ साउन २०८१, १३ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
चीन र उत्तर कोरियाबीच सहकार्य विस्तार गर्ने सहमति
चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा
चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
कोदारी नजिक चिनियाँ पर्खाल निर्माणमा नेपाल असन्तुष्ट