काठमाडौँ । भक्तपुरमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मध्यपुर थिमी नगरपालिका–४ स्थित नयाँ थिमीमा बागमती प्रदेश ४ ख २९०१ नम्बरको टिप्परको ठक्करबाट घाइते भएका सुवास तामाङको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका इन्स्पेक्टर टेकेन्द्र पौडेलले बताए ।
आइतबार बिहान १ बजेर २० मिनेटमा काठमाडौँबाट भक्तपुर जाँदै गरेको बा.४ ख २९०१ नम्बरको मोटरसाइकललाई टिप्परले ठक्कर दिएको हो । मृतक काभ्रेको मण्डनदेउपुर नगरपालिका–१ का स्थानीय हुन् ।भक्तपुर तर्फ जाँदै गरेको टिप्परले ठक्कर दिएपछि गम्भीर घाइते भएका तामाङको उपचारको क्रममा मध्यपुर थिमी अस्पतालमा मृत्यु भएको इन्स्पेक्टर पौडेलले जानकारी दिए ।
मोटरसाइकल पछाडि सवार काभ्रेको महाकाल गाउँपालिका घर भएका सञ्जीव थापा मगरको उपचार हुँदै छ । टिप्पर चालक २८ वर्षीय राज कुमार राईलाई प्रहरीले पक्राउ गरेको छ । राई काभ्रेको मण्डन देउपुर गाउँपालिका–६ मा बस्छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ साउन २०८१, १० : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्याक्टरबाट खसेर एक युवकको मृत्यु
ब्यारिकेटमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
गैँडाको आक्रमणबाट मृत्यु
बसको ठक्करबाट बालिकाको मृत्यु
ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु