एजेन्सी । पाकिस्तानमा प्रहरी हिरासतमा एक जनाको मृत्यु भएको छ ।
पाकिस्तानको पञ्जाब प्रान्तस्थित वेहारी जिल्लामा रहेको गागो प्रहरी हिरासतमा मुरातिब नाम गरेका व्यक्तिको मृत्यु भएको पाकिस्ताबाट प्रकाशित हुने डन अखबारले जनाएको छ ।
मृतकका बुवा मुहम्मद अजमलले प्रहरीले लगातार तीन दिनसम्म यातना दिएपछि छोराको मृत्यु भएको आरोप लगाएका छन् ।
प्रहरीले उनलाई चोरी गरेको आरोपमा हिरासतमा लिएको डनले जनाएको छ ।
यद्यपि प्रहरीका एसपी फारुख कमियानले नुहाउने क्रममा मुरातिब ढलेको र उनलाई जिल्ला अस्पताल लगिएको भएपनि बचाउन नसकेको प्रष्टीकरण दिएका छन् ।
उनले प्रहरीले सीसीटीभी रेकर्डका आधारमा अनुसन्धान गर्ने पनि उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १३ साउन २०८१, ०९ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाख्रा चराउन गएका व्यक्तिको ढुङ्गाले लागेर मृत्यु
कार फेवातालमा खस्दा एक युवकको मृत्यु
ट्याक्टरको पछाडि मोटरसाइकल ठोकिँदा युवकको मृत्यु
नवलपरासीमा तीन मोटरसाइकल ठोक्किए, एकजनाको मृत्यु, दुई घाइते
झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु
ट्याक्टरबाट खसेर एक युवकको मृत्यु