एजेन्सी । भारतले श्रीलंकाविरुद्धको टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न सिरिजको पहिलो खेलमा भारत ४३ ले विजयी हुदै सिरिजमा विजयी शुरुवात गरेको हो ।
भारतले दिएको २१४ रनको लक्ष्य पछाएको श्रीलंकाले १९.२ ओभरमा १७० रन बनाएर अल आउट भएको थियो । श्रीलंकाका लागि पाथुम निसान्काले सर्बाधिक ७९ रन बनाए भने कुसल मेन्डिसले ४५ तथा कुसल परेराले २० रन बनाएका थिए ।
त्यसैगरी भारतीय बलर रियान परागले ३ तथा अर्शदीप सिंह र अक्सर पटेलले २-२ विकेट लिएका थिए भने मोहमद सिराज र रवि विश्नोईले एक एक विकेट लिएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ७ विकेट गुमाउदै २१७ रन बनाएको थियो । भारतका लागि कप्तान सूर्यकुमार यादवले सर्बाधिक ५८ रन बनाएका थिए भने ऋषव पन्तले ४९, यशस्वी जैसवालले ४०, शुभमन गिलले ३८ रन बनाएका थिए । त्यसैगरी श्रीलंकाका बलरमाथीसा पाथिरानाले सर्बाधिक ४ विकेट लिएका थिए ।
यो जितपछि भारतले सिरिजमा १-० को अग्रता हासिल गरेको छ । अब सिरिजको दोस्रो खेल आज हुदै छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १३ साउन २०८१, ०७ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रीलंका पूर्वमन्त्री राजापाक्षे भ्रष्टाचारको आरोपमा पक्राउ
आज नेपालले श्रीलंकासँग खेल्दै
श्रीलंकाविरुद्ध पनि कप्तान सावित्राको ह्याट्रिक
श्रीलंकाका राजदूत नेपालीले गरे शपथ ग्रहण
पूर्णबहादुर नेपाली श्रीलंकाका राजदूत नियुक्त
श्रीलंकाले हटायो सवारी साधन आयात माथिको प्रतिबन्ध