काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टीविरुद्ध अनेकौं किसिमको षड्यन्त्र भइरहेको जिकिर गरेका छन् । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले षड्यन्त्रको मूल्यांकन गरेर सतर्कता अपनाउनुपर्ने बताए ।
नेपालले भने, ‘राष्ट्रिय राजनीतिमा पनि नयाँ नयाँ घटना भइरहेका छन्, त्यसमा हाम्रो ध्यान गइरहेको छ । हामी बेखबर र निक्रिष्य हुन पनि सक्दैनौं । हाम्राविरुद्ध अनेकौं किसिमको तानाबाना बुनिँदैछन् भन्ने सुन्नमा आइरहेको छ। कति सत्य हो असत्य हो थाहा छैन । त्यो प्रवृत्तिको जानकारी लिएर मूल्यांकन गरेर आफ्नो स्थानमा सतर्कता अपनाउनुपर्छ ।’
उनले विभिन्न राजनीतिक शक्तिहरूसँग संवाद जारी राख्दै सबै पार्टीबाट सूचनाहरू लिनपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० साउन २०८१, १२ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सबै कम्युनिस्टले आत्मसमीक्षा गरौं: माधव नेपाल
एमालेसँग एकता सम्भव छैन: माधव नेपाल
देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर भौँतारिनुपर्ने स्थिति बनिरहेको छ : माधव नेपाल
सरकारप्रति जनताको आशा तुहिसक्यो: माधव नेपाल
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह