काठमाडौँ । लागु औषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार मोरङ, बाँके, चितवन लगायतका जिल्लाबाट १६ जना पक्राउ परेका हुन्।
मोरङको विराटनगर महानगरपालिका–१६ दरैया चोकस्थित सडकबाट अवैध लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ ३ ग्राम २ सय ४० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सुन्दरहरैचा नगरपालिका–५ बाँसबारी बस्ने २५ वर्षीय अभिषेक चौधरी र ३० वर्षीय उज्वल सापकोटा रहेका छन् ।
लागुऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.१९ प ८५९२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
त्यस्तै बाँकेमा पनि लागु औषधसहित अर्का एकजना पक्राउ परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका– १५ जमुनाह भन्सार चेक प्वाइन्टस्थित सडकबाट ब्राउनसुगर ४ सय मिलिग्राम, ट्रामाडोल ३८ ट्याब्लेट र नाइट्राजेपाम ३० ट्याब्लेटसहित कोहलपुर नगरपालिका–२ मनकामना चोक बस्ने १८ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय, जमुनाह र लागुऔषध नियन्त्रण ब्युरो बाँकेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १५ जमुनाहबाट ब्राउनसुगर ३ ग्राम ८ सय मिलिग्राम सहित जानकी गाउँपालिका–६ बस्ने २६ वर्षीय चेतमान सोनी पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय जमुनाह र लागुऔषध नियन्त्रण ब्युरो बाँकेबाट खटिएको संयुक्त टोलीले भे.३ प २५०९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक चेतमानलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
उता, बर्दियाको बढैयाताल गाउँपालिका ६ रानीपुरस्थित सडकबाट ब्राउनसुगर १ सय २० मिलिग्रामसहित सोही गाउँपालिका–५ जगतिया बस्ने २ जना १६ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
त्यस्तै चितवनको भरतपुर महानगरपालिका १३ गंगानगर बस्ने ४७ वर्षीय सोमबहादुर विकलाई २ किलो ४ सय ग्राम गाँजासहित प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गितानगरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
उता, कैलालीकाे टीकापुर नगरपालिका–१ भुपु सैनिक चोकबाट खैरो हेरोइन २ सय ८० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दगोरिया गाउँपालिका-२ बौनिया बस्ने २५ वर्षीय सुमन थारू र १९ वर्षीय यमबहादुर चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले से.६ प ९१२७ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
त्यसैगरी पर्साको वीरगञ्ज महानगरपालिका– १६ फुलवारी टोल बस्ने ६५ वर्षीय आसिद मिया र ४२ वर्षीया कायमा खातुन लागुऔषध चरेश ८ किलो २ सय ३७ ग्रामसहित राति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय नगवाबाट खटिएको संयुक्त टोलीले उनको घर तलासी गर्दा उक्त परिमाणको चरेश फेला पारी मिया र खातुनलाई पक्राउ गरेको हो ।
उता, झापाको अर्जुनधारा नगरपालिका–११ स्थित नयाँ बसपार्कबाट ब्राउनसुगर ३ ग्राम ५ सय मिलिग्रामसहित सिन्धुली तिनपाटन गाउँपालिका–१ घर बताउने २८ वर्षीय धनबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोस्ट नयाँ बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा गाउँपालिका–४ स्थित सडकबाट ब्राउनसुगर ५ ग्राम ५ सय ३० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कमल गाउँपालिका–१ बस्ने २९ वर्षीय मौसम लिम्बु र ३६ वर्षीया सर्मिला राई रहेका छन् ।
इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले चर्तागाछिबाट सुरूङ्गातर्फ जाँदै गरेको प्र.१–०१–०१५ प ७८०८ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापाकै मेचीनगर नगरपालिका–१० धाईजन ढाटबाट ब्राउनसुगर १ ग्राम ८ सय ७० मिलिग्राम सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–६ बस्ने ३० वर्षीय सोनु तामाङ र २८ वर्षीय सुरेश गुरूङ रहेका छन् ।लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ साउन २०८१, १४ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२ सय १० ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ
युके पठाइदिन्छु भन्दै ४२ लाख ठगी, एक जना पक्राउ
अवैध लागू औषधसहित चार जना पक्राउ
चोरीको मोटरसाइकल बेच्न खोज्ने दुई जना पक्राउ
जेनजी आन्दोलनमा कारागारबाट भागेर प्रहरीको हतियार लुट्ने पक्राउ
लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ