काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारसँग हवाई सुरक्षा प्रभावकारी बनाउनका लागि कडाइका साथ जहाजहरूको परीक्षण, अनुगमन र सुरक्षा लागू गराउन आग्रह गरेका छन् ।
काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बुधबार १८ जनाको मृत्यु हुने गरी सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेपछि उनले सरकारसँग यस्तो माग गरेका हुन् ।‘हवाई सुरक्षालाई प्रभावकारी बनाउन जहाजहरूको परीक्षण, अनुगमन र सुरक्षा कडाइका साथ लागू गराउन सरकारसँग अनुरोध गर्दछु,’ पूर्वप्रधानमन्त्री देउवाले एक्स (ट्विटर)मा लेखेका छन् ।
उनले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाले आफू निकै मर्माहत भएको पनि बताएका छन् । ‘दुर्घटनामा निधन भएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली, परिवारजनमा समवेदना तथा घाइतेहरूको स्वास्थ्य लाभको कामना,’ सभापति देउवाले लेखेका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारसँग हवाई सुरक्षा प्रभावकारी बनाउनका लागि कडाइका साथ जहाजहरूको परीक्षण, अनुगमन र सुरक्षा लागू गराउन आग्रह गरेका छन् ।
काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बुधबार १८ जनाको मृत्यु हुने गरी सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेपछि उनले सरकारसँग यस्तो माग गरेका हुन् ।‘हवाई सुरक्षालाई प्रभावकारी बनाउन जहाजहरूको परीक्षण, अनुगमन र सुरक्षा कडाइका साथ लागू गराउन सरकारसँग अनुरोध गर्दछु,’ पूर्वप्रधानमन्त्री देउवाले एक्स (ट्विटर)मा लेखेका छन् ।
उनले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाले आफू निकै मर्माहत भएको पनि बताएका छन् । ‘दुर्घटनामा निधन भएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली, परिवारजनमा समवेदना तथा घाइतेहरूको स्वास्थ्य लाभको कामना,’ सभापति देउवाले लेखेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ साउन २०८१, १४ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गौरापर्वले नारी शक्ति, समर्पण र संस्कृतिप्रतिको आस्थालाई उजागर गर्छः सभापति देउवा
‘लखन थापा मगरलाई प्रथम शहीद घोषणा काँग्रेसले नै गरेको हो’ : देउवा
भ्रातृ संस्थाका महाधिवेशन निर्देशन समिति पदाधिकारीसँग बुढानीलकण्ठमा छलफल
पर्वहरू पहिचानसँगै सामाजिक एकता र संस्कृतिका प्रतीक हुन् : सभापति देउवा
पर्वहरूको मौलिकता जोगाउनु हाम्रो सामूहिक दायित्व : देउवा
लगानीकर्तालाई ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्छ : सभापति देउवा