काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारसँग हवाई सुरक्षा प्रभावकारी बनाउनका लागि कडाइका साथ जहाजहरूको परीक्षण, अनुगमन र सुरक्षा लागू गराउन आग्रह गरेका छन् ।
काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बुधबार १८ जनाको मृत्यु हुने गरी सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेपछि उनले सरकारसँग यस्तो माग गरेका हुन् ।‘हवाई सुरक्षालाई प्रभावकारी बनाउन जहाजहरूको परीक्षण, अनुगमन र सुरक्षा कडाइका साथ लागू गराउन सरकारसँग अनुरोध गर्दछु,’ पूर्वप्रधानमन्त्री देउवाले एक्स (ट्विटर)मा लेखेका छन् ।
उनले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाले आफू निकै मर्माहत भएको पनि बताएका छन् । ‘दुर्घटनामा निधन भएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली, परिवारजनमा समवेदना तथा घाइतेहरूको स्वास्थ्य लाभको कामना,’ सभापति देउवाले लेखेका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारसँग हवाई सुरक्षा प्रभावकारी बनाउनका लागि कडाइका साथ जहाजहरूको परीक्षण, अनुगमन र सुरक्षा लागू गराउन आग्रह गरेका छन् ।
काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बुधबार १८ जनाको मृत्यु हुने गरी सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेपछि उनले सरकारसँग यस्तो माग गरेका हुन् ।‘हवाई सुरक्षालाई प्रभावकारी बनाउन जहाजहरूको परीक्षण, अनुगमन र सुरक्षा कडाइका साथ लागू गराउन सरकारसँग अनुरोध गर्दछु,’ पूर्वप्रधानमन्त्री देउवाले एक्स (ट्विटर)मा लेखेका छन् ।
उनले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाले आफू निकै मर्माहत भएको पनि बताएका छन् । ‘दुर्घटनामा निधन भएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली, परिवारजनमा समवेदना तथा घाइतेहरूको स्वास्थ्य लाभको कामना,’ सभापति देउवाले लेखेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ साउन २०८१, १४ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनको पुर्वसन्ध्यामा देउवा उपचारका लागि सिंगापुर उडे
देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?
देउवाले भने–'म उदार छु, पार्टी नफुटाउनुस्'
काङ्ग्रेस सभापति देउवा र नेता शेखर कोइरालाबिच भेटवार्ता
देउवाले बोलाए कांग्रेसका महामन्त्री बाहेक शीर्ष नेताको छलफल
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा