काठमाडौँ । बजारमा अधिक तरलता थुप्रिएसँगै राष्ट्र बैंकले बुधबार ४० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । २१ दिनका लागि निक्षेप सङ्कलन उपकरणको माध्यमबाट राष्ट्र बैंकले तरलता प्रशोचन गर्ने भएको हो ।
२०८१ साउन ९ गते मध्यान्ह ३ बजे अनलाइन विडिङमार्फत निक्षेप संकलनको बोलकबोल गर्ने जनाएको राष्ट्र बैंकले उक्त निक्षेपपत्रको आजै बिक्री गरिने जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले ३ बजेभित्र आवेदन दिइसक्नुपर्नेछ ।
निक्षेप सङ्कलन बोलकबोलमा भाग दिन चाहने बैंक तथा वित्तीय संस्थाहरूले घटीमा १० करोडदेखि बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकसम्मका लागि आवेदन दिन सक्नेछन् ।
पछिल्लो रिपोर्ट अनुसार बैंकहरुले ६४ खर्ब ६४ अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन गर्दै गर्दा जम्मा ५१ खर्ब ४४ अर्ब रुपैयाँ मात्र कर्जा लगानी हुन सकेको छ । साउन २ गतेसम्म ७७.८७ प्रतिशत सीडी रेसियो (कर्जा निक्षेप अनुपात) कामय गरेका बैंकहरुले ६ खर्ब माथिको तरलता होल्ड गरेर बसेका छन् ।
यसले पनि केन्द्रीय बैंकले नियमित रुपमा निक्षेप सङ्कलन उपकरणमार्फत तरलता प्रशोचन गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ साउन २०८१, १२ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छ’: राष्ट्र बैंक
उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छ: राष्ट्र बैंक
ऋणीहरूलाई ठूलो राहत दिँदै राष्ट्र बैंकले लागू गर्यो नयाँ व्यवस्था
राष्ट्र बैंकले ६ अर्ब ६० करोड लगानी गर्दै
नयाँ व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकको सर्कुलर
राष्ट्र बैंकले तीन अर्ब तीन करोड लगानी गर्ने