काठमाडौँ । हत्यामा संलग्न आरोपमा काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर–९ बाट प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएर गोकर्णेश्वर बस्ने २७ वर्षीय मानवीर तामाङ छन् ।
सुन्दरीजलमा शिशिर भण्डारीको हत्यामा संलग्न आरोपमा उनलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले बताए । २०७८ माघ २६ मा सुन्दरीजल स्थित शिवपुरी राष्ट्रिय निकुञ्जको खोल्सामा शिशिर मृत भेटिएका हुन् ।
आरोपीलाई अनुसन्धान गरेर मुद्दा चलाउन प्रहरी वृत्त बौद्धमा पठाइएको एसएसपी भट्टराईले बताए । मृतकको घाँटीमा चोट देखिएको थियो । सो घटनापछि फरार मानवीरको साथमा मृतकको मोबाइल भेटिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ साउन २०८१, १५ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निकोलस भुसाल पक्राउ
२ सय १० ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ
युके पठाइदिन्छु भन्दै ४२ लाख ठगी, एक जना पक्राउ
अवैध लागू औषधसहित चार जना पक्राउ
चोरीको मोटरसाइकल बेच्न खोज्ने दुई जना पक्राउ
जेनजी आन्दोलनमा कारागारबाट भागेर प्रहरीको हतियार लुट्ने पक्राउ