काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले माओवादीलाई आफूहरूले घुस खान सिकाएको बताएका छन् । बाबुराम भट्टराईको पुस्तक विमोचन कार्यक्रममा बोल्दै राष्ट्रिय राजनीतिमा धेरैपछि आएको माओवादीलाई घुस खान आफूहरूले सिकाएको बताएका हुन् ।
उनले भने, ‘सम्भवतः १०–१५ वर्ष राम्रो र बलियो सरकारले शासन गरेमा रोजगारी र गरिबी लगायतका समस्या समाधान हुन सक्छ ।’ उनले राम्रो सरकार भन्नाले घुस खाने नेताहरू नभएको पार्टीको शासनलाई बुझ्नुपर्ने व्याख्या समेत गरे । भुसालले राजाले परम्पराका आधारमा घुस खान सिकेको हुनसक्ने समेत आकलन गरे ।
यसपछि नेपाली कांग्रेसले संस्थागत रुपमा राजासँग घुस खान सिकेको भुसालको भनाई छ । यस्तै नेकपा एमालेले कांग्रेससँगको संगतबाट घुस खान सिकेको उनको तर्क छ । ‘हामी एमाले बनेर कांग्रेससँग घुस खान सिक्यौँ,’ भुसालले भने, ‘हामी दुइटै मिलेर माओवादीलाई घुस खान सिकायौँ भन्ने लाग्छ ।’
उनका अनुसार माओवादीलाई कांग्रेस र एमालेले आफू अनुकूल नै बनाएको हो । मुलुकले दुःख पाउनुको कारण नै सिक्न नहुने विषय सिकेर घुस खानु भएको उनले बताए । ‘हामीले स्ट्रेचर नै यस्तो बनाएका छौँ, कि यसले राज्य दोहनबाहेक अन्य काम नै गर्दैन,’ भुसालले भने, ‘यही कारण हामी सबै मिलेर एउटा शक्तिशाली पार्टी बनाउन जरुरी छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ साउन २०८१, १४ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घनश्यामको प्रतिवेदन- अपेक्षा गरेभन्दा धेरै कम मत पायौँ, कम्युनिस्ट पार्टी कमजोर अवस्थामा
निर्वाचन केन्द्रित पाँच बुँदे निर्देशनसहित भुसालद्वारा पार्टी संरचनामा आकस्मिक सर्कुलर
नेकपा (संयुक्त)को कार्यवाहक अध्यक्ष घनश्याम भुसाल
ओलीकै कारण फागुन २१ मा निर्वाचन नहुन सक्छ : घनश्याम भुसाल
एकताअघि नै घनश्याम भुसाल र झाँक्रीसहित ६ नेतालाई कारवाही
नेतृत्व छाड्ने सुनिश्चित गर्नुस्, एकता प्रक्रियामा आउँछौँ: घनश्याम भुसाल