दोहा कतार । नेकपा एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा माओवादीको साथ नलिने सर्तमा कांग्रेस एमाले सरकार बनेको बताएका छन् । शुक्रबार दोहामा भएको प्रवासी मञ्चको सातौ अधिवेशनलाई संबोधन गर्दै पोखरेलले त्यस्तो खुलासा गरेका हुन । प्रचण्डले चुलबुल गर्दा हुँदा खाँदाको सरकार ढलेको बताएका छन् ।
नेता पोखरेलले प्रचण्डकै व्यइमानीले बाम सरकार ढलेको बताए । उनले भने ‘भन्न बाम भन्ने काम के गर्ने के गर्नेलाई कसरी बाम सरकार गिरेको हो ।पोखरेलले कतारबाट भित्रिएको रेमिट्यान्सलाई कसरी व्यावस्थित गर्ने भन्ने चुनौती अहिलेको आवश्यकता रहेको बताए । उनले रेमिट्यान्सको पैसा उत्पादनमा लगाउनुपर्ने बताए ।
पोखरेलले राजनितीक स्थायीत्वको लागी कांग्रेस एमाले सरकार बनेको बताए । यो देशमा हुँदा हुँदा २० सिटेलाई प्रधानमन्त्री बन्ने अवस्था आएकाले जनताको अभिमत प्राप्तहरूले नयाँ सरकार गठन गरेको बताए ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य उमाशंकर अगरियाले मधेसका पार्टी विगतदेखी आफै पद लोलुपताले फुटेको बताए ।अव नेपालमा सानो पार्टीको काम छैन । देशलाई समृद्ध बनाउन एमाले चाहिन्छ । प्रत्येक पालिकामा १५ वेडको अस्पताल सुरूवात केपी ओलीकै पालमा भएको हो ।
नेकपा एमाले कोसी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले एमाले नतृत्वको सरकारले नेपाली श्रम र सिपलाई नेपालमै राख्न पहल गर्ने बताए । कार्यक्रममा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटी अध्यक्ष संजय थापा, अध्यक्ष, प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका उपसचिव चाँणक पोखरेल,प्रवासी नेपाली मञ्च मध्येप्रदेश इन्चार्च कमलमणी गुराँगाई, प्रवासी नेपाली मञ्च दुवई अध्यक्ष प्रकाश कोईराला, प्रेस चौतारी नेपाल केन्द्रीय सचिव विष्णु तारूकेलगायतले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रमका सभापति अफ्सर खान संयोजक प्रवासी नेपाली मञ्च कतार । नेतृत्व चयनको लागी ३ सय २१ जना प्रतिनिधि सहभागी ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ साउन २०८१, ११ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको अभियानमा मेरो संलग्नता र सहभागिता अटुट रहन्छ : ईश्वर पोखरेल
प्रतिस्पर्धालाई तिक्तताको रूपमा लिनुहुन्न, विचार संगठनको मामलामा एक छौ: ईश्वर पोखरेल
एमाले महाधिवेशन : नयाँ नेतृत्वका लागि मतदान सुरु
‘पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा स्वाभाविक’ : ईश्वर पोखरेल
युवाहरु भेला गर्दै ईश्वर पोखरेल समूह
जाँचबुझ आयोगले बोलाउँदा ओलीले अवज्ञा गर्नु राम्रो होइन: ईश्वर पोखरेल