काठमाडौं। सिंहदरबारमा नवनियुक्त मन्त्रीहरूलाई बधाई दिन जाने पार्टीका कार्यकर्ता र शुभेच्छुकहरूको भीड लागेको छ ।नयाँ मन्त्रीहरूले काम शुरु गरेको पहिलो दिन सिंहदरबारमा कार्यकर्ता र शुभेच्छुकको भीड लागेको हो ।
सिंहदरबारका प्राय मन्त्रालयमा मन्त्रीको कार्यकक्ष बाहिर आगन्तुकको भीड लागेको छ ।पहिलो दिन भएकोले भेट्न आउने राजनीतिक दलका कार्यकर्ता, मन्त्रीका आफन्त र शुभेच्छुकलाई रोकिएको छैन ।
सामान्यतया मन्त्रीले कार्यकर्ता र सेवाग्राहीसँग दिउँसो २ बजेपछि मात्र भेट्ने गरेका छन् । कांग्रेस र एमालेले सम्हालेका मन्त्रालयमा कार्यकर्ताको बढी भीड देखिएको छ ।कार्यकर्ता र शुभेच्छुकको भीडले मंगलबार दिउँसो सिंहदरबारमा जाम देखिएको थियो भने मन्त्रालयका पार्किङ फुल भएका थिए ।
सोमबार अपरान्ह पदभार ग्रहण गरेका मन्त्रीहरूले मंगलबार कर्मचारीबाट ब्रिफिङ लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले शपथ लिएकै दिन सोमबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका थिए ।सोमबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकमा ओलीले एक महिनाभित्र जनताले अनुभूति गर्ने गरी काम गर्न मन्त्रीहरूलाई निर्देशन दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ साउन २०८१, १४ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दरबन्दी जुम्लामा, काज सिंहदरबारमा !
बालेनका लागि सिंहदरबारमा प्रधानमन्त्रीको कार्यकक्ष तयारी पूरा
नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार
सिंहदरबारमा कति सवारी साधन जले ? (सूचीसहित)
आगजनी, तोडफोड र लुटपाटपछि सिंहदरबारलाई पुनः लयमा फर्काइँदै
सिंहदरबारका डिजिटल डाटा नष्ट नभएको दाबी