काठमाडौँ । वितेको २४ घण्टामा काठमाडौँसहित देेशका विभिन्न स्थानमा ७ जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार संखुवासभाको खाँदबारी नगरपालिका-११ लामागाउँ बस्ने ७७ वर्षीया बाल कुमारी गुरूङ आफ्नै घरमा मृतावस्थामा फेला परेकी छिन् ।
यसैगरी काठमाडौंको किलागलस्थित घरमा भाडामा बस्ने ६७ वर्षीय रामकृष्ण श्रेष्ठ सोही घरको भर्याङ चढ्ने सिढी छेउमा मंगलबार बिहान मृत अवस्थामा फेला परेका छन् । यसैगरी काठमाडौंकै जैसीदेवलस्थित जैसीदेवल मन्दिरको पेटीमा अन्दाजी ६५ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी ताप्लेजुङको मेरिङदेन गाउँपालिका-६ नाम्बुस्थित थाकचुङ बस्ने ४१ वर्षीय समिर नाल्बो सोही ठाउँस्थित फेन्सेलको जंगलमा मृतावस्थामा फेला परेका छन् भने सप्तरीको सुरूङगा नगरपालिका-८ समशेरपुर बस्ने ४५ वर्षीय तेजु चौधरी पनि सोही ठाउँ धांती बजारस्थित बाटोको छेउमा मृतावस्थामा फेला परेका छन् ।
यसैगरी मोरङको बिराटनगर महानगरपालिका-१६ दरैया बस्ने बाले मण्डलको छोरा ११ वर्षीय पर्शुराम मण्डल सोही महानगरपालिका-१२ दरैयास्थित खाल्डोमा जमेको पानीमा मृतावस्थामा फेला परेका छन् । यसैगरी रूपन्देहीको कोटहिमाई गाउँपालिका-२ भुवरीस्थित तिनाँउ खोलामा करिब २० वर्षीय पुरूष मृतावस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको कार्यलयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ साउन २०८१, १३ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवलपरासीको गैँडाकोटमा एक युवती मृत फेला
धनगढीको जङ्गलमा एक युवक मृत अवस्थामा फेला
अरुण तेस्रो आयोजनामा मोरङका युवक मृत भेटिए
झापामा जंगली हात्ती मृत फेला
वीरेन्द्रनगरमा किशोरकिशोरी मृत फेला
काठमाडौमा एक व्यक्ति मृत फेला