काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ लाख १२ हजार रुपैयाँ घुस रकम र ५० लाख ६० हजार रुपैयाँको चेकसहित दुई जनालाई पक्राउ गरेको छ । दार्चुलाको
शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक (अधिकृत) मोहन सिंह धामी र कृषि प्राविधिक अशोक सिंह धामीलाई अख्तियारको टोलीले सोमबार निणन्त्रणमा लिएको हो ।
धामीद्वयले कृषि समूहको बिल भुक्तानी गर्दा कमिशन वापत सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिएको टोलीले कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित बोराडाडीबाट नियन्त्रणमा लिएको हो ।
अख्तियार प्रवक्ता नरहरि घिमिरेका अनुसार सेवाग्राहीबाट नगद चार लाख बाह्र हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उनीहरु सो रकमसहित पक्राउ परेका छन् ।
यस्तै निजहरुको साथबाट पैतालीस लाख साठी हजारको ५ थान चेक र अशोक सिंह धामीको नाममा काटिएको पाँच लाखको चेकसहित कुल ५० लाख ६० हजारको चेक बरामद भएको र यसबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ साउन २०८१, ०७ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुद्दा मिलाइदिने भन्दै घुस लिने हवल्दार पक्राउ
वीर अस्पतालका लेखा अधिकृत घुससहित पक्राउ
शिक्षक नियुक्तिमा घुस लिने क्रममा प्रधानाध्यापकसहित दुई जना पक्राउ
बाँके जिल्ला अदालतका नायब सुब्बा घुससहित पक्राउ
कैलालीका वरिष्ठ वन अधिकृत ७ लाख ३१ हजार घुससहित पक्राउ