काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री ओलीले शपथ लिएका हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाए ।
प्रधानमन्त्रीमा दाबी पेस गर्ने समय सकिएपछि आइतबार बेलुकी ५ बजेपछि राष्ट्रपति पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । ओली संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त भएका हुन् ।
२८ असारमा प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त भएका थिए । त्यसै दिन राष्ट्रपति पौडेलले दुई दिनको समय दिएर प्रधानमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए भने एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेससहितका दलको सांसदहरुको समर्थन आफूलाई रहेको भन्दै दाबी पेस गरेका थिए ।
प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३१ असार २०८१, ११ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चुनाव गराउन सरकार कटिबद्ध छ : प्रधानमन्त्री कार्की
यस्ता छन् प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका घाइतेका ५ बुँदे माग
जापानको पहिलो महिला प्रधानमन्त्री बनिन् ताकाइची
प्रधानमन्त्रीसँगको छलफलमा दलहरूबाट को-को सहभागी हुँदैछन् ?
प्रधानमन्त्री कार्कीले आज राजनीतिक दलहरूसँग छलफल गर्दै
निर्वाचन तयारी : आज ७ दलका नेतासँग छलफल गर्दै प्रधानमन्त्री