चितवन । पहिरोका कारण मुग्लिङ-नारायणगढ सडकखण्ड अवरुद्ध बनेको छ । शुक्रबार बिहान ४ बजे चितवनको कालीखोलामा पहिरो आई सडक अवरुद्ध भएको छ ।
सडक डिभिजन भरतपुरका अनुसार पहिरो पन्छाउने कार्यको लागि लोडर मेसिन पहिरोतर्फ मोबिलाईज भएको र अबको करिब २ घण्टामा सडक सुचारु हुने जनाइएको छ ।
यस्तै सिमलताल अर्को पहिरो पनि गएको छ । उक्त पहिरोले दुई बस बगाएको आशंका गरिएको प्रहरीले जनाएको छ ।
उक्त स्थानमा पहिरो हटाउन डोजर परिचालन गरिनुका साथै बगाएको भनिएको बसको खोजीकार्य जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ असार २०८१, ०७ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणगढ–बुटवल सडक : सकियो दाउन्नेमा एकतर्फी ढलान
सडकमा विद्यार्थी संगठन , बालेन सरकारमाथि अधिनायकवादको आरोप
वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध
पाँच किलोमिटर सडक स्तरोन्नति गर्न आठवर्षपछि बजेट
तीन दिनपछि दाउन्ने सडक एकतर्फी खुल्यो
नागढुंगा–मलेखु सडक शुक्रबार र शनिबार खुला