चितवन । पहिरोका कारण मुग्लिङ-नारायणगढ सडकखण्ड अवरुद्ध बनेको छ । शुक्रबार बिहान ४ बजे चितवनको कालीखोलामा पहिरो आई सडक अवरुद्ध भएको छ ।
सडक डिभिजन भरतपुरका अनुसार पहिरो पन्छाउने कार्यको लागि लोडर मेसिन पहिरोतर्फ मोबिलाईज भएको र अबको करिब २ घण्टामा सडक सुचारु हुने जनाइएको छ ।
यस्तै सिमलताल अर्को पहिरो पनि गएको छ । उक्त पहिरोले दुई बस बगाएको आशंका गरिएको प्रहरीले जनाएको छ ।
उक्त स्थानमा पहिरो हटाउन डोजर परिचालन गरिनुका साथै बगाएको भनिएको बसको खोजीकार्य जारी रहेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ असार २०८१, ०७ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नागढुंगा–मलेखु सडक शुक्रबार र शनिबार खुला
नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा ३३ वटा पुल निर्माण
कञ्चनपुरको मोहना नदी-दैजी सडकको ठेक्का तोडियो
मोरङको रतुवा—केशलिया सडक निर्माणको ठेक्का तोडियो
नागढुङ्गा–नौबिसे सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने
इनरुवा-कप्ताङगञ्ज सडक निर्माणको ठेक्का तोडियो