बैतडी । अविरल वर्षापछि बाढीको जोखिमले विस्थापित भएका बैतडीको सिगास गाउँपालिका–५ ढुङ्गाडका ७० परिवार फर्किएका छन् । सेती नदीमा जलसतह बढेपछि आसपासका ती परिवारले यही असार २३ गतेदेखि शारदा माविलाई आश्रयस्थल बनाएका थिए ।
हाल बाढी जोखिम कम भएसँगै उनीहरु घर फर्केका बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए । उनले भने, “सेती नदीमा जलसतह बढ्दा बस्तीमा पस्ने खतरा बढेपछि असार २३ गते ढुङ्गाडका ७० परिवारलाई सुरक्षित स्थानमा सारिएको थियो ।
स्थानीय जनप्रतिनिधिको सहयोगमा शारदा माविमा सारिएका उनीहरु हाल जोखिम कम भएसँगै आफ्नै घर फर्किसकेका छन् ।
बर्सातका समयमा सेती नदीमा आउने बाढीले स्थानीय बासिन्दा हरेक वर्ष समस्यामा पर्ने गर्दछन् । सिगास –५ का हरडाखानी, लाम्बगड, लोडे, सिगास – ६ का सेती किनारका बस्ती पनि बाढीको जोखिममा हुने गरेको छ ।
यसअघि २०७८ कात्तिक पहिलो साता परेको बेमौसमी वर्षाले सिगास –५ ढुङ्गाडलगायत क्षेत्रमा सेती नदीको बाढी पस्दा क्षति गरेको थियो । यसैबीच असार २० गतेदेखिको वर्षाले यहाँका पाँचवटा घरमा क्षति पुगेको थियो । दुई पशुचौपाया मरे पनि मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ असार २०८१, १० : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टेक्सस बाढी: मृतकको संख्या १२० पुग्यो
‘पानी पर्यो भने रातभर निन्द्रा लाग्दैन, बच्चाहरू घर छोडेर जाऊँ भन्छन्, जाने ठाउँ छैन’
बाढीले उपल्लो मुस्ताङमा ४ वटा पुल बगायो, २ पुलमा क्षति
प्रधानमन्त्री ओलीले गरे रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन
नारायणी किनारमा बाढीको जोखिम छ,सचेत रहनु: चितवन प्रशासन
टेक्सासमा बाढीका कारण मर्नेको संख्या १०० नाघ्यो, ३० भन्दा बढी बेपत्ता