काठमाडौं। अविरल वर्षाको कारण विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परी आइतबार दिउँसोसम्म ४८ जनाको मृत्यु भएको छ ।
बाढी, पहिरोमा परी काठमाडौं उपत्यकामा १ जना, कोशी प्रदेशमा ११ जना, मधेश प्रदेशमा २ जना, बागमती प्रदेशमा २ जना, गण्डकी प्रदेशमा १९ जना, लुम्बिनी प्रदेशमा १० जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी जम्मा ४८ जनाको मृत्यु भएको हो । यो तथ्यांक गत जेठ २८ गतेदेखिको भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
साथै काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा ११ जना, मधेश प्रदेशमा ४ जना, बागमती प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा १८ जना, लुम्बिनी प्रदेशमा २ जना, कर्णाली प्रदेशमा ११ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी जम्मा ५४ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै कोशी प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा १२ जना गरी जम्मा ५३ जनाको उद्दार गरिएको छ । बाढी पहिरोमा परी कोशी प्रदेशमा ३ जना, बागमती प्रदेशमा २ जना, गण्डकी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना गरी ७ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ ।
बाढीको कारण जम्मा १ सय २१ घर डुबानमा परेका छन् । ८२ वटा घर, ४६ वटा गोठ, ४१ वटा पुल, १ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । १ सय ८८ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट १ हजार ५८ घर परिवार विस्थापित भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ असार २०८१, २० : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोबाइल फोनको चार्जर छुटाउँदा करेन्ट लागेर मृत्यु
अमेरिकामा भएको कार दुर्घटनामा परि दुई नेपालीको मृत्यु
छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु
करेन्ट लागेर युवकको मृत्यु
पौडी सिक्न गएका बालकको डुबेर मृत्यु
माइक्रोको ठक्करबाट स्कुटर चालकको मृत्यु