अर्घाखाँची। वर्षासँगै आएको पहिरोले गोरुसिङ्गे सन्धीखर्क सडक खण्ड अवरुद्ध भएको छ ।सन्धिखर्क–६ दहखोला र बहोखरमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रतीतसिंह राठोरले जानकारी दिए ।उनका अनुसार पहिरो पन्छाउने कार्य भइरहेको छ ।
घुम्तीदेखि पत्थर कोटसम्मको बाटो एकतर्फी खोलिएको प्रहरीले जनाएको छ । लगातारको वर्षाका कारण थप पहिरो जान सक्ने जोखिम कायमै रहेकोले सतर्क रहन प्रहरीले अनुरोधसमेत गरेका छ ।
सो सडक अवरुद्ध भएकाले फुदबाङ्गबाट बलेबांग हुँदै पाली र पालीबाट घुम्ती गएर यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ असार २०८१, १४ : ०५
लेखकबाट थप