चितवन । मनकामना केबलकार यही असार ३१ गतेदेखी ५० दिनको लागि बन्द गरिने भएको छ । पुर्णरुपमा डिजिटलाइजेसन गर्नको लागि मनकामना दर्शन प्रालीले केबलकार ५० दिन बन्द गर्न लागेको संचालक राजेश बावु श्रेष्ठले जानकारी दिए । कम्पनीले काम सुरु गरेको २५ वर्षपछि केबलकारलाई पुर्णरुपमा डिजिटलाइजेसन गर्न लागेको हो ।
एनालग’ प्रविधिमा रहेको केबुलकारलाई फाइबरसहितको अत्याधुनिक डिजिटल प्रविधिमा स्तरोन्नति गर्न लागिएको श्रेष्ठले जानकारी दिए । उनका अनुसार डिजिटल प्रणालीमा स्तरोन्नतिका साथै मुख्य तारको लठ्ठासमेत फेर्न लागिएको हो । स्थापनाको २६ वर्षमा मुख्य केबल तार लट्ठा फेर्न लागिएको श्रेष्ठले बताए ।
स्तरोन्नति कार्यका लागि दक्ष प्राविधिक अष्ट्रेलियाको डोप्पलमेयर कम्पनीबाट आइसकेको छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ असार २०८१, १२ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनकामना केबलकार सेवा दुई दिन बन्द हुने
मनकामना केबलकार २७ औं वर्षमा प्रवेश
मनकामना केबलकार आजदेखि तीन दिन बन्द
मनकामना केबलकार आजदेखि ‘डिजिटल’ प्रविधिमा सञ्चालन हुने