काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेले जारी केन्द्रीय समितिको बैठकमा महामन्त्री डा. मुकुल ढकाललाई आफ्नो प्रस्ताव पेश गर्ने अनुमति नदिएको पाइएको छ ।समीक्षा प्रतिवेदनका आधारमा पार्टी महामन्त्रीको तर्फबाट प्रस्ताव पेश गर्न हिजो सचिवालयको बैठकमा अनुमति दिने भनिए पनि आज सभापति लामिछानेले रोकेका हुन् ।
महामन्त्री ढकालले लिखित प्रस्ताव तयार पारे पनि सभापति रवि लामिछानेले अनुमति नदिएका हुन् । बैठकको लाइभ गर्न नदिएपछि आफ्नो लोकतान्त्रिक अधिकार हनन् भएको भन्दै उनी मुखमा कालो टेप टाँसेर मौन बसेका थिए ।
महामन्त्री ढकालको प्रतिवेदन सहमहामन्त्रीले बैठकमा वाचन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ असार २०८१, १२ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गणेश कार्कीले पाए रास्वपाको महाधिवेशन दस्तावेज तयारीको जिम्मेवारी
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
रास्वपा कर्णाली प्रदेश सभापतिमा मदन खड्का विजयी
रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित
रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी