काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेले जारी केन्द्रीय समितिको बैठकमा महामन्त्री डा. मुकुल ढकाललाई आफ्नो प्रस्ताव पेश गर्ने अनुमति नदिएको पाइएको छ ।समीक्षा प्रतिवेदनका आधारमा पार्टी महामन्त्रीको तर्फबाट प्रस्ताव पेश गर्न हिजो सचिवालयको बैठकमा अनुमति दिने भनिए पनि आज सभापति लामिछानेले रोकेका हुन् ।
महामन्त्री ढकालले लिखित प्रस्ताव तयार पारे पनि सभापति रवि लामिछानेले अनुमति नदिएका हुन् । बैठकको लाइभ गर्न नदिएपछि आफ्नो लोकतान्त्रिक अधिकार हनन् भएको भन्दै उनी मुखमा कालो टेप टाँसेर मौन बसेका थिए ।
महामन्त्री ढकालको प्रतिवेदन सहमहामन्त्रीले बैठकमा वाचन गरेका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ असार २०८१, १२ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाले समानुपातिक उम्मेदवारीको म्याद पुस ५ सम्म थप्यो
निर्वाचनलक्षित वाचा पत्र तयार गर्दै रास्वपा
रास्वपाद्वारा समानुपातिकतर्फ उम्मेदवार छनोट प्रक्रिया सुरु, आवेदन दिन आह्वान
रुपन्देही–३ बाहेक अन्यत्र उम्मेदवार चयन भएको छैन : रास्वपा
रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै
रास्वपा र विवेकशीलबीच एकीकरणका लागि भोलि एकता घोषणा सभा हुँदै