मस्को । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी छिट्टै रुस भ्रमणमा जाँदैछन् । आसन्न भ्रमणमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र मोदीबीच कयौं मुद्दामा कुराकानी हुने रुसी राष्ट्रपति भवन क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बताएका छन् । मोदीको यात्राको तयारी अन्तिम चरणमा पुगेको र भ्रमणको मिति छिट्टै घोषणा गरिने पनि पेस्कोभले बताए ।
पुटिन र मोदीले आगामी भेटमा क्षेत्रीय र विश्वव्यापी सुरक्षा, व्यापार जस्ता एजेन्डामा वार्ता गर्ने पेस्कोभलाई उद्धृत गर्दै रुसको सरकारी समाचार एजेन्सी तासले समाचार छापेको छ । ‘हामी (रुस र भारत) संयुक्त रुपमा काम गर्नेबारे छलफल गर्नेछौं । क्षेत्रीय मामिला, क्षेत्रीय सुरक्षा र विश्वव्यापी सुरक्षा सधैं एजेन्डाको सबैभन्दा माथि नै रहने गरेका छन् ।
यसबाहेक द्विपक्षीय व्यापार र आर्थिक सहयोग पनि हाम्रो वार्ताको केन्द्रबिन्दु हुनेछ,’ एक प्रश्नको जवाफमा पेस्कोभले भनेका छन् । प्रधानमन्त्री मोदीको भ्रमण अत्यन्तै महत्वपूर्ण हुने भन्दै पेस्कोभले रुस र भारतबीच विभिन्न क्षेत्रमा सहयोग बढाउन ‘पारस्परिक राजनीतिक इच्छाशक्ति’ रहेको बताए । भारतीय सञ्चार माध्यमका खबर पत्याउने हो भने मोदी जुलाई आठमा मस्को भ्रमणमा निस्कन सक्छन् । तर सरकारको तर्फबाट भ्रमणको मितिबारे आधिकारिक घोषणा आएको छैन ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १९ असार २०८१, ११ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोदीको जन्मदिन पारेर ओली–मोदी विशेष भेट, दिल्लीको हैदरावाद हाउसबाहिर भेट गर्ने तयारी
पाँच देशको भ्रमण गर्दै मोदी
विमान खसेको स्थान अहमदाबाद पुगे मोदी, अस्पतालमा घाइतेहरूलाई भेट्दै
मोदीको युरोप भ्रमण रद्द
प्रधानमन्त्री ओली र मोदीबीच टेलिफोन संवाद
काश्मीर घटनापछि साउदी अरेबियाको भ्रमण छोट्याएर फर्किए मोदी