काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले विभिन्न २५ वटा भ्रष्टाचारका काण्डहरूको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी रहेको बताएका छन्।सोमबार प्रतिनिधि सभामा मौखिक प्रश्नोत्तर कार्यक्रमका क्रममा उनले यस्तो बताएका हुन् ।
‘कुनै पनि कालखण्डमा भएकामध्ये भ्रष्टाचारका २५ वटा काण्डहरूलाई छानबिन गर्नका निमित्त शक्तिशाली आयोग गठन गर्ने तयारी रहेको कुरा सम्मानित सदनमा गराइसकेको छु’ गृहमन्त्री लामिछानेले भने ।
भ्रष्टाचारमा संलग्नहरूलाई कारबाहीको दायरामा ल्याउने गरी सरकार अगाडि बढेको उनले बताए । ‘कोही पनि बेचैन हुनु पर्दैन। भ्रष्टाचारमा संलग्न जोसुकै मानिसहरू भए पनि त्यसमा निर्मम भएर कारबाही गरिन्छ । त्यो आँट, त्यो साहसका साथ हामी प्रस्तुत भएका छौँ’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ असार २०८१, १४ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सत्तामा टाँसिइरहने हाम्रो ध्यान छैन : गृहमन्त्री अर्याल
गृहमन्त्रीलाई कर्णालीका मुख्यमन्त्रीको प्रश्न- ठूला दललाई पाखा राखेर चुनाव हुन्छ ?
निर्वाचन बिथोलिन दिँदैनौँः गृहमन्त्री अर्याल
गृहमन्त्रीद्वारा प्रहरी वृत्त बौद्ध र प्रभाग साँखुको अवलोकन
देशको सुरक्षा अवस्थालाई सामान्य बनाउन सरकार सफल : गृहमन्त्री अर्याल
गृहमन्त्रीलाई जेन-जीले भने- भदौ २३ र २४ गतेका घटनाका दोषीलाई कारबाही गर्नुस्