काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले विभिन्न २५ वटा भ्रष्टाचारका काण्डहरूको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी रहेको बताएका छन्।सोमबार प्रतिनिधि सभामा मौखिक प्रश्नोत्तर कार्यक्रमका क्रममा उनले यस्तो बताएका हुन् ।
‘कुनै पनि कालखण्डमा भएकामध्ये भ्रष्टाचारका २५ वटा काण्डहरूलाई छानबिन गर्नका निमित्त शक्तिशाली आयोग गठन गर्ने तयारी रहेको कुरा सम्मानित सदनमा गराइसकेको छु’ गृहमन्त्री लामिछानेले भने ।
भ्रष्टाचारमा संलग्नहरूलाई कारबाहीको दायरामा ल्याउने गरी सरकार अगाडि बढेको उनले बताए । ‘कोही पनि बेचैन हुनु पर्दैन। भ्रष्टाचारमा संलग्न जोसुकै मानिसहरू भए पनि त्यसमा निर्मम भएर कारबाही गरिन्छ । त्यो आँट, त्यो साहसका साथ हामी प्रस्तुत भएका छौँ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ असार २०८१, १४ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्रीको निर्देशन : चार दिनमा २२६ जना बिचौलिया पक्राउ
३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ : गृहमन्त्री गुरुङ
केएमसी पुगेर गृहमन्त्री गुरुङले लिए जेनजी आन्दोलनका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
गृहमन्त्री सुधन गुरुङले गरे पशुपतिनाथ मन्दिरको दर्शन
गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता
यो चुनावले मानवता, मुलुक र संविधान जोगाउने कुराको प्रत्याभूति दिएको छ: गृहमन्त्री अर्याल