काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले ठूला राजनीतिक दललाई व्यङ्ग्य गरेर संसद्मा कविता सुनाएका छन् ।
सोमबार प्रतिनिधि सभा बैठकको विशेष समय लिएर बोल्ने क्रममा उनले कविता सुनाएका हुन् ।
एउटा कुटे जस्तो गर्छौ
एउटा रोए जस्तो गर्छौ
एउटा घचेटे जस्तो गर्छ
अर्को अलि पर सर्छ
तिमी हाम्रो हात काट्छौ
र चम्चाले खुवाउँछौ
दिउँसो कम्मल बाँध्छौ
राति घरमा आगो लगाउँछौ
तिम्रो सक्कली अनुहारबाट
हामी बेखबर
आँखा चिम्लेर तिम्रो जयजयकार गर्छाैं
र त हामी दुःख पाउँछौं
यी सब तिम्रा नाटक हुन्
हामीलाई थाहा छ तिमीहरू
आपसमा मिलेर अवसरको साझेदारी गर्छौ


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ असार २०८१, १३ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद् अवरोधपछि रास्वपाले गरायो संसदीय नियमावलीको दफा ५० स्मरण
श्रम संस्कृती पार्टीले संसद्मा देखायो प्ले कार्ड
संसद्को दुवै सदनको चालु अधिवेशन आज रातिदेखि अन्त्य हुने
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
आज संघीय संसद्को दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
संघीय संसद्को दुवै सदनको बैठक आज, यस्ता छन् कार्यसूची