काठमाडौं। एचसीपी क्योरब्लाइन्डनेसका नेपाल र भूटानकी निर्देशक पूनम भण्डारी सम्मानित भएकी छिन् ।अन्तर्राष्ट्रिय अन्धोपन रोकथाम एजेन्सी (आईएपीबी)द्वारा प्रतिष्ठित आईएपीबी युवा प्रणाली नेता पुरस्कारबाट उनी सम्मानित भएकी हुन् ।
उक्त पुरस्कार मेक्सिको सिटीमा आयोजित आईएपीबी २०३० इनसाइट लाइभ सम्मेलनमा प्रदान गरिएको थियो ।आईएपीबी पुरस्कार विभिन्न पृष्ठभूमिका युवा नेताहरूलाई प्रदान गर्ने गरिन्छ । जसले आँखा स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण योगदान र दिगो प्रणालीहरूको हेरचाहलाई अघि बढाएका छन्।
आईएपीबीले यस पुरस्कारको लागि नौ असाधारण युवा प्रणाली नेताहरू चयन गरेको छ । जसले परम्परागत हस्तक्षेपहरू भन्दा माथि उठेर स्थायी र प्रभावकारी आँखा हेरचाह प्रणालीहरू निर्माण गर्ने प्रयासको उत्सव मनाउँदैछन्।
भण्डारीको नेतृत्व र समर्पण एचसीपी क्योरब्लाइन्डनेसको दृष्टि रोकथाम गर्ने मिशनमा महत्त्वपूर्ण रहेको छ । जसले आईएपीबीले प्रवर्द्धन गर्ने नविन र प्रणालीगत दृष्टिकोणलाई उदाहरणीय बनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ असार २०८१, १५ : ३८
लेखकबाट थप