काठमाडौँ । यो साता स्थानीय बजारमा सुनको मूल्य तोलामा २९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको तुलनामा यो साताको शुक्रबार २९ सय रुपैयाँले मूल्य घटेको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४४ हजार ७०० रुपैयाँ थियो । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ४४ हजार रुपैयाँ थियो । यो साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४१ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार १०० रुपैयाँ छ ।
यो साताको सुरुदेखि नै सुनको मूल्य ओरालो लागेको थियो । आइतबार तोलामा २७ सय रुपैयाँले घटेको थियो । सोमबार ३०० रुपैयाँले बढेको मूल्य मंगलबार सोही कायम रह्यो । यस्तै मंगलबार तोलामा ७०० ले घटेको थियो भने बुधबार र विहीबार पनि मूल्य घटेर कारोबार भएको महासंघले जनाएको छ ।a
यस्तै चाँदीको मूल्य तोलामा ७५ रुपैयाँले घटेको छ । गत साताको शुक्रबार तोलामा १८ सय ६५ रुपैयाँ थियो । जुन, यो साता तोलामा १७ सय ९० रुपैयाँ कायम छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ असार २०८१, १३ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य ह्वात्तै घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
आज कति छ सुनचाँदीको मूल्य ?
सुनको मूल्य तोलामा १४०० रुपैयाँ घट्यो, कतिमा हुदैछ आजको कारोबार ?
सुनको मूल्य बढयो, चाँदी घट्यो
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?