काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्र निर्माणमा सबै एकजुट हुनुपर्ने बताएका छन् ।
बालचन्द्र स्मृतिसभा परिवार जनविचार पब्लिकेसनद्वारा शुक्रबार आयोजित प्रा घटराज भट्टराईद्वारा लिखित पुस्तक ‘बालचन्द्र शर्मा व्यक्तित्व र सम्भावना’ परिमार्जित संस्करण लोकार्पण कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले देश निर्माण, अखण्डता र राष्ट्रिय स्वाभिमानका लागि निर्णायक शक्ति बन्नुपर्ने बताए ।
उनले भने, “हामी जुनसुकै राजनीतिक पक्षका व्यक्ति भए पनि राष्ट्र निर्माणमा हाम्रो एकमत हुनुपर्छ, देश निर्माणमा हाम्रो ध्यान जानुपर्छ ।” वरिष्ठ उपाध्यक्ष पोखरेलले बालचन्द्र शर्मा देशका लागि आवश्यक व्यक्ति भएको र नेपालको प्रजातान्त्रिक आन्दोलनमा उनको योगदान अतुलनीय रहेको बताए। उनले भने,’बालचन्द्र शर्मालाई वैदेशिक हस्तक्षेपको असहमति, राष्ट्रिय भावनाको समृद्धिको पक्षमा उभिने नेताका रुपमा मैले चिनेको छु ।’
कार्यक्रममा पत्रकार टङ्क पन्तलगायतले आ–आफ्नो धारणा राखेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ असार २०८१, ११ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लोकतान्त्रिक पद्धति र विधिको शासनप्रति अविचलित रहनू: ईश्वर पोखरेल
जबजमाथि पार्टीभित्रबाटै कटाक्ष र हमला भए : ईश्वर पोखरेल
नेतृत्व गर्न सक्रियता चाहिन्छ: ईश्वर पोखरेल
मुलुकको विकासका निम्ति दुवै छिमेकीको सहयोग अपरिहार्य : ईश्वर पोखरेल
वंशवाद र अनिर्वाचित सत्ता एमालेले कहिल्यै स्वीकार गर्दैन : ईश्वर पोखरेल
भूराजनीतिक संवेदनशीलतालाई ख्याल गर्नुपर्ने आवश्यकता छ : वरिष्ठ उपाध्यक्ष पोखरेल