काठमाडौँ। नेपाली काँग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले रिङरोड (चक्रपथ) विस्तारका लागि दबाब यात्रा गर्ने भएका छन् । उनले चक्रपथको विस्तार हुन बाँकी रहेको क्षेत्रमा असार १५ गते दबाब यात्रा गर्ने भएका हुन् ।
केही दिनअघि मात्रै नेता पौडेलले चक्रपथ विस्तारको बाँकी काम सम्पन्न गर्न आवश्यक बजेट व्यवस्थापनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री वर्षमान पुनलाई भेटी ध्यानाकर्षण गराएका थिए । साथै उनले यस विषयमा संसदमा पटक-पटक आवाज उठाउँदै आएका छन् ।
उनले काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साहसँग र चिनियाँ राजदूत सँग पनि चक्रपथ विस्तारको बाँकी काम सम्पन्न गर्ने विषयमा छलफल गरेका थिए । काठमाडौँको चक्रपथ समयमै निर्माण सम्पन्न नहुँदा वातावरणदेखि यहाँका बासिन्दाको स्वास्थ्यमा प्रत्यक्ष रूपमा गम्भीर असर परिरहेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ असार २०८१, ११ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आर्थिक नीतिमा निजी क्षेत्रप्रति नकारात्मक भाष्य परित्याग गर्नुपर्नेमा प्रदीप पौडेलको जोड
सबै गरेँ भन्दिनँ तर केही बिगारेको छैन : प्रदीप पौडेल
‘नेतृत्व चयन गर्ने कि नगर्ने महाधिवेशनको हलले निर्धारण गर्छ’: प्रदीप पौडेल
महाधिवेशनविना निर्वाचनमा गए काँग्रेसको सर्मनाक हार हुन्छ : प्रदीप पौडेल
प्रदेश सरकारमा तीन मन्त्री भए पुग्छ: प्रदीप पौडेल
डिजी युथ काँग्रेस गठन गर्न केन्द्रीय समिति बैठकमा प्रदीप पौडेलको प्रस्ताव