काठमाडौँ । राष्ट्रिय मुक्ति क्रान्तिका नेता केशव झाले नेपाल र भारतको सम्बन्ध दिल्ली र काठमाडौँको नियम कानुनले मात्र चल्न नसक्ने बताएका छन् ।
नेपाल भारत खुला सीमा संवाद समूहले वीरगन्जमा आयोजना गरेको ‘खुला सीमा–सुमधुर सम्बन्धको सेतु’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले नेपाल र भारतको आधुनिक सीमा र नाम राखिनु अघिदेखि नै दुई देशको जनताबिच सम्बन्ध कायम रहेको धारणा राखे ।
नेपाल र भारतबिच बहुआयामिक सम्बन्ध रहेको बताउँदै उनले खुला सीमा अवसर हो, दुवै देशको लागि र यहाँका जनता रक्षक रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ असार २०८१, १३ : ३९
लेखकबाट थप