काठमाडौँ । लमजुङमा पहिरोले घर बगाउँदा एकै परिवारका ३ जना बेपत्ता भएका छन् ।
क्व्होलासोथार गाउँपालिका–३ पच्यु टोलमा आज बिहान गएको पहिरोले तीनवटा घर बगाउँदा तीन जना बेपत्ता भएको गाउँपालिका उपाध्यक्ष गमी माया गुरुङले जानकारी दिइन् ।
आज बिहान पौने ५ बजे पहिरो गएको गुरुङको भनाइ छ । पहिरोमा परी एक जना घाइते भएकोमा उनी खतरामुक्त रहेको बताइएको छ ।
नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरीसँगै स्थानीयको सहयोगमा बेपत्ताको खोजी कार्य जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ असार २०८१, ०७ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध
पहिरोले देशका विभिन्न मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रूपमा अवरुद्ध
मुग्लिन-नारायणगढ खण्डको तुइन खोलामा पहिरो
पहिरोले बुटवल-पाल्पा सडक अवरुद्ध
हिमाचल प्रदेशमा पहिरो जाँदा १५ जनाको मृत्यु
पहिरोमा परी इलाममा एकै परिवारका ६ जनाको मृत्यु, चार घाइते