काठमाडौं। ललितपुर महानगरपालिका- ५ कुमारीपाटीमा अरिङ्गालले टोकेर १ जनाको मृत्यु छ ।मृत्यु हुनेमा सप्तरीको खडक नगरपालिका ३ घर भै हाल काठमाडौंको अनामनगर बस्दै आएका २४ वर्षीय तेजनारायण चौधरी छन् ।
कुमारीपाटीस्तिथ युनाइटेड एकेडेमीमा रंग लगाउने क्रममा उनलाई असार ८ गते अरिङ्गालले टोकेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए ।
एसपी सुवेदीका अनुसार उनलाई सहोदर दाइ हरिनारायण चौधरीले उपचारका लागि काठमाडौंको मोडेल अस्पताल पुर्याएका थिए ।तर चौधरीको उपचारका क्रममा ११ गते बिहान ०५ बजे मृत्यु भएको हो ।उनको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ असार २०८१, १५ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खेत रोप्न गएकी महिलाको नदीमा डुबेर मृत्यु
लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु
छोराको कुटपिटबाट आमाको मृत्यु
कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु
फेवातालमा डुबेर एकजनाको मृत्यु
झापामा सर्पदंशबाट वृद्धाको मृत्यु